Logo

मुख्य समाचार

नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

पुन फलोअप गराएर ४ दिनपछि स्वेदेश फर्किनेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५९ बजे