Logo

अर्थ

नेपाल टेलिकमले ४० प्रतिशत बोनस सेयर वितरण गर्दै



काठमाडौं । नेपाल टेलिकमको गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ४० प्रतिशत लाभांश पाउन चैत १० गते बिहीबार (आज) सम्म सेयरधनी भैसकेको हुनुपर्छ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि टेलिकमले चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ ।

यसअनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् । आइतबारदेखि समायोजित सेयरमूल्यमा सेयर खरीद गर्ने लगानीकर्ताले भने लाभांश पाँदैनन् ।

टेलिकमले लाभांश सहितका चैत २४ गते बिहीबार साधारण सभा बोलाएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो ।

टेलिकमले गत आवको नाफबाट पहिलोपटक सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : १३ बजे