Logo

विश्व

गिनीमा फोहोर थुपारिएको स्थानमा पहिरो, कैयौँ व्यक्तिको मृत्यु



काठमाडाैं । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शी र जिल्ला प्रमुखले एएफपीलाई बताएका छन् ।

मृत्युको एकीन सङ्ख्या दिइएको छैन । घटना भएको दार–ए–सलाम उपनगरका प्रमुख लान्सिने सिल्लाले ठूलो सङ्ख्यामा मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

घटनास्थलमा पुगेकी गिनीकी क्षेत्रीय प्रशासन मन्त्री जेनाबु टौरेले खोज तथा उद्धार अभियान सकिएपछि आधिकारिक सङ्ख्या दिने बताए ।

सरकारले हालैका दिनहरूमा ढल्ने खतराका कारण त्यहाँबाट मानिसहरूलाई सर्न र सुरक्षा उपाय अपनाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ७ : ०३ बजे