Logo

मुख्य समाचार

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन



काठमाडाैं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिएका छन् ।

दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेख्दै सोमबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि ‘पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण सन्देश’ भएको बताएका छन् ।

उनले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरिया ‘अहानिकारक र सम्मानजनक’ रहेको दाबी गरे । ‘अभ्यास रद्द गर्न अब धेरै ढिलो भइसकेको तथ्यलाई मध्यनजर गर्दै मैले रक्षामन्त्री पिट हेगसेथलाई संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न निर्देशन दिएको छु’, ट्रम्पले लेखेका छन् ।

ट्रम्पका अनुसार उनले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको ‘आणविक निशस्त्रीकरण’ प्रयासमा अमेरिकालाई सहयोग गर्नेबारे सोधेका थिए । तर, दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उनले बताएका छन् ।

यो निर्णय दक्षिण कोरियासँगको अमेरिकी सुरक्षा गठबन्धनप्रति ट्रम्प प्रशासनको दृष्टिकोणमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा देखिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : ५७ बजे