Logo

Breaking News 1

एक सरकारी अधिकृतबाटै अर्को अधिकृत बलात्कृत, न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास



काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलातकृत भएको र जिल्ला अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई ५ लाख धरौटीमा उन्मुक्ति दिएको आरोप लगाएकी छन् ।

शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा नाम उल्लेख गर्न नचाहेकी पीडितले २ महिनादेखि न्यायका लागि माईतिघर मण्डलामा धर्ना बसिरहेको जानकारी दिइन् । 

ती पीडितले बलात्कार जस्तो गम्भीर अपराधमा अनुसन्धानका लागि पुर्पक्षमा राख्नुपर्नेमा पीडक प्रमोद मैनालीलाई ५ लाख धरौटीमा काठमाडौं जिल्ला अदालतले छाडेको भन्दै दुःखेसो व्यक्त गरिन् । 

‘म एक मधेशको चेली, मेरो समाज कस्तो छ, सबैलाई थाहा छ, मलाई कति गाह्रो परिरहेको छ, तर पनि न्यायका लागि लड्दा खोई न्यायालयको न्याय’, उनले प्रश्न गरिन् ।

उनले बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगन्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनालीको जबरजस्तिकरणीको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको पीडा व्यक्त गरिन् ।

त्यसपछि आफू न्यायको लागि उच्च अदालत पाटनमा गएको र सोले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि पीडा सहन नसकी विष खाएर आत्महत्याको प्रयास गरेको पीडिले बताईन् ।

हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यारत मैनालीले काठमाडौं स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यारत हुँदा २०८१ माघमा आफूलाई बलात्कार गरेको बताईन् ।

बलात्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै भनिन्, ‘म स्वयम ठूलो संघर्षबाट सरकारी सेवामा पुगेकोले आफैले घटना दबाउन खोज्दा पीडकबाट थप ‘सेक्सुअल हर्यास्मेन्ट’ र धम्किले कानुनी उपचार खोज्न बाध्य भएँ ।’

जिल्ला र उच्चको निर्णयपछि सर्बोच्च अदालतमा मुद्धा चलिरहेको र ४÷४ पटकसम्म पेशी सरेको कारण माइतिघर मण्डलामा धर्ना बसिरहेको बेला हातको नशा काटी आत्महत्या गर्ने प्रयास गरेको उनले दुःखेसो व्यक्त गरिन् ।

पीडितको न्यायका लागि साथ दिइरहेकी जेनजी अभियन्ता लक्ष्मी देवीले एकजना सरकारी कर्मचारीलाई नै न्याय दिन नसक्ने राज्यले आम नागरिकलाई न्याय दिन सक्छ, भन्दै प्रश्न गरिन् । विभिन्न पटक गरेर ३ पटकसम्म आत्महत्या गर्ने प्रयास गर्दा पनि राज्यले पीडितको आवाज नसुन्नु राज्य सून्य अवस्थामा रहेको देवीको कथन छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्लाकै निर्णय सदर गरिसकेपछि पीडितले विष खाएकी र सर्बोच्च आदालतमा विभिन्न बहाना बनाएर सर्बोच्च अदालतले पेशी सारी राखेको पीडामा माइतिघर मण्डलामै हात काटेर आत्महत्या गर्ने प्रयास गरेको देविले बताईन् ।

कहिले ‘हात काटेर’ त कहिले ‘विष सेवन’ गरेर ती पीडितले आत्महत्या गर्ने प्रयास गर्नुभयो समयमै हामीले बचायौं, अब पनि यस्तै हुँदै गर्दा उनको ज्यान गयो भने को जिम्मेवार हुन्छ, देवीले प्रश्न गरिन् ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ४ : ३० बजे