Logo

मनोरञ्जन

‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै 


२९ श्रावण २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । ‘लज्जावती’ प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो । 

‘लज्जावती’ निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्र हो । 

चलचित्रमा युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थपरक पक्षहरूलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । 

चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ४६ बजे