Logo

Breaking News 1

पाँचवटा संसदीय समितिको बैठक बस्दै


२८ श्रावण २०८३, बिहिबार  

69
Shares

काठमाडाैं । सङ्घीय संसद अन्तर्गत आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार, अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ । बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

बिहान १०ः०० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘ अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ः०० बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदैछ ।

पूर्वाधार विकास समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ ।

बिहान ११ः०० बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ६ : १० बजे