काठमाडौं । लागूऔषध सहित चार जना पक्राउ परेका छन् । झापा गाउँपालिका—५ खाताबस्तीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५५० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका—२ बस्ने २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका—४ बस्ने ३१ वर्षीय धिरज गुरूङ रहेका छन् । प्रहरी चौकी टाघनडुब्बा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका—१ कट्टिपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३५० मिलिग्राम सहित सोही ठाउँ १९ वर्षीय दिनेश बडुवाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका—७ बकराहा पुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२० मिलिग्राम सहित सोही नगरपालिका—७ बसपार्क बस्ने ३० वर्षीय सुनिल कुमार मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश.१.०२.००४ ह ६७७० नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा सफारीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया