Logo

समाचार

दुईवटा संसदीय समितिको बैठक बस्दै


२६ श्रावण २०८३, मंगलबार  

115
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । मंगलबार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ः०० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘२०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल हुनेछ ।  

यसैगरी, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : २५ बजे