Logo

मुख्य समाचार

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण


१९ श्रावण २०८३, मंगलबार  

46
Shares

कम्पाला (युगान्डा) । युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ ।

यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ । युगान्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगाबाले शनिबार एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गरेका छन् ।

समारोहमा युगान्डाका व्यवसायी बराक ओरल्यान्डसहित इजरायली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । कैनेरुगाबा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिछन् ।

स्मारक अनावरणपछि कैनेरुगाबाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस, निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : ०४ बजे