Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री र शिक्षा तथा खेलकुदमन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने


१५ श्रावण २०८३, शुक्रबार  

23
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ । 

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ  दिने कार्यसूची छ । 

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : १३ बजे