Logo

Breaking News 1

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्नू : विभाग


१२ श्रावण २०८३, मंगलबार  

46
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले प्रतिबन्ध लगाइएको वस्तुको अनधिकृत रुपमा बिक्रीवितरण नगर्न सम्वद्ध पक्षलाई सचेत गराएको हो ।

कानुनबमोजिम दण्डनीय रहेको पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न सूचित गरिएको छ ।

कानुनविपरीतका कार्य भए÷गरेको पाइएमा पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम काराबाही हुने विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : १३ बजे