Logo

मुख्य समाचार

यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरान



तेहरान । साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबीच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार बताएका छन् ।

दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उनले यो भनाइ आएको हो । ‘यमन, बाब अल–मन्दाब र अन्य क्षेत्रीय मुद्दाहरूको कुनै सैन्य समाधान छैन भन्ने हाम्रो बुझाइ रहेको छ’ शनिबार इरानी दैनिक एक पत्रिकामा प्रकाशित अन्तर्वार्तामा अराघचीले भने ।

उनले दुवैपक्षबीच ‘संवाद’ को लागि आह्वान गरे । उनले यमनको स्थितिलाई ‘इरानसँग जोड्न सकिँदैन’ भने । बाब अल–मन्दाब जलसन्धिको क्षेत्रमा भइरहेका घटनाहरू ‘यमन, साउदी अरब र त्यस क्षेत्रका देशहरूबीचका पुराना विवाद र मुद्दाहरूबाट उत्पन्न भएका’ उनले बताए ।

सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घसँगको वार्ताबाट भएको युद्धविरामपछि ठूलो मात्रामा रोकिएको यमनी हुथी र साउदी अरबबीचको नवीकृत द्वन्द्व यस महिना फेरि सुरु भएको छ । तेहरान निकट हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका छन् र ट्याङ्करहरूमाथि आक्रमणको दाबी गरेका छन् ।

यो नाकाबन्दीले साउदी अरबको विश्वमा आफ्नो आपूर्ति पु¥याउने क्षमतालाई खतरामा पारेको छ । इरानले हर्मुज जलसन्धि (साउदी अरबको एकमात्र अर्को समुद्री मार्ग) मा समानान्तर नाकाबन्दी लगाएपछि यस्तो अवस्था आएको हो ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ०० बजे