Logo

Breaking News 1

सप्तरीमा पाँचजना कैदीबन्दीद्वारा मट्टितेल छेर्केर आत्मदाहको प्रयास



काठमाडाैं । सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।

कारागारकाअनुसार दुई/तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । कारागारमा विवाद भएपछि सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको हाे । उनका अनुसार अहिले आन्तिरक छलफल भइरहेको छ । 

आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको जनाइएकाे छ ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १० : ४६ बजे