Logo

Breaking News 1

नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई कति सजाय ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ ।मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो ।

टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६० हजार जरिवना, बालकृष्ण खाँणलाई २ वर्षको कैद र २० हजार जरिवाना र टेकनाथ रिजाललाई १ वर्षको कैद र १० हजार जरिवाना तोकिएको छ । 

यसैगरी, केशव दुलाललाई ७ वर्ष कैद र ७० हजार जरिवाना, सानु भण्डारीलाई ७ वर्षको कैद र ७० हजार जरिवाना, इन्द्रजित राईलाई ६ वर्षको कैद र ६० हजार जरिवाना, आङटावा शेर्पालाई ५ वर्षको कैद र ५० हजार जरिवाना, सन्देश शर्मालाई ५ वर्षको कैद र ५० हजार जरिवाना, गोविन्द चौधरीलाई ५ वर्षको कैद र ५० हजार जरिवना, सागर राईलाई ५ वर्षको कैद र ५० हजार जरिवाना तोकिएको छ । 

यस्तै, शम्शेर मियाँलाई १ वर्षको कैद र १० हजार जरिवाना, नरेन्द्र केसीलाई १ वर्षको कैद र १० हजार जरिवाना, हरिभक्त महर्जनलाई १ वर्षको कैद र १० हजार जरिवना, निरञ्जनकुमार खरेललाई १ वर्षको कैद र १० हजार जरिवाना र बेचन झालाई १ वर्षको कैद र १० हजार जरिवान तोकिएको छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ५२ बजे