काठमाडौं । रौतहटमा चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ । जग्गा जग्गाको साँधलाई लिएर झगडा हुँदा चक्कु प्रहार हुँदा ६० वर्षीय पुरुषकाे मृत्यु भएको जनाइएकाे छ ।
कुटपिटका क्रममा राम महेश्वर साहले वुटन साहलाई पिठ्युमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले बाह्रखरीलाई जानकारी दिए ।
चक्कु प्रहार गर्ने राम महेश्वर साह र रामाऔतार साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया