Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक आज बस्दै, विनियोजन विधेयक अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने



काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ । 

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

महिला, बालबालिका, लंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : ०४ बजे