Logo

Breaking News 1

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने



काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ । आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ५६ बजे