काठमाडाैं । इजरायली रक्षा बल (आईडीएफ)ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने जनाएको छ ।
आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी हेजबुल्लाहले गरेको पछिल्लो आक्रमणमा चार इजरायली सैनिकहरूको मृत्यु भएको घटना इजरायली पक्षले “स्वीकार गर्न सक्ने“ वास्तविकता नभएको बताएका छन् ।
आईडीएफले थप खतराहरू रोक्न दक्षिणी लेबनानमा आफ्नो कारबाही जारी राख्ने कुरामा जोड दिएको छ । प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतराहरू हटाउन, हेजबुल्लाहको उल्लङ्घनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कार्वाहि जारी राख्ने जनाएका छन् ।
हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेना माथि आक्रमण गरे पछि प्रतिक्रीया स्वरुप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो ।








प्रतिक्रिया