Logo

मुख्य समाचार

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध



लमजुङ । पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ । यहाँ विगत पाँच-सात वर्षअघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटकपटक पहिरो दोहोरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : ४७ बजे