Logo

Breaking News 1

मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना



काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोसी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेस प्रदेशको  एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ । 

विभागले राति देशको हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ६ : १२ बजे