Logo

मुख्य समाचार

दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने बैठकमा आ.व.२०८३÷८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य—मुख्य व्यवस्थाका सम्बन्धमा माननीय अर्थ मन्त्रीसँग छलफल गर्न कार्यसूची छ । यसैगरी, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने छ ।

यस्तै, बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुने कार्यसूची छ । 

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ७ : १९ बजे