Logo

Breaking News 1

रास्वपाको सचिवालय बैठक आज बस्दै



काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । आइतबार बस्ने तय भएको बैठक स्थगित भएर आज बस्न लागेको हो । 

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका विषयमा छलफल गर्ने कार्यसूची छ । 

साथै, बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायत विषयमा छलफल हुने कार्यसूची छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ६ : ०४ बजे