काठमाडाैं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले उनको देशले सधैं आफ्नो प्रतिज्ञाहरूको सम्मान गरेको छ र युद्धबाट बच्न हरसम्भव प्रयास गरेको बताका छन् । इरान सबै बाटोहरूको लागि खुला छ ।
‘वार्ताको अर्थ आत्मसमर्पण होइन । इस्लामिक गणतन्त्र इरानले मर्यादा र राष्ट्रको अधिकारको संरक्षणका साथ वार्ता गर्छ। कुनै पनि परिस्थितिमा यो जनता र राष्ट्रको वैध अधिकारबाट पछि हट्ने छैन’ उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् ।
‘हामी जनताको सेवा गर्नेछौं र इरानको हित र सम्मानको रक्षा अन्तसम्म तर्क र हाम्रो सम्पूर्ण शक्तिका साथ गर्नेछौं,’ उनले लेखेका छन् ।
‘दबाबको माध्यमबाट इरानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास गर्नु केवल भ्रम हो। पारस्परिक सम्मानमा आधारित कूटनीति युद्धभन्दा धेरै बुद्धिमानी, सुरक्षित र दिगो बाटो हो ।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता “सीमारेखामा” भएको बताएका थिए ।
उनले चेतावनी दिए कि यदि इरानले “१०० प्रतिशत सन्तोषजनक प्रतिक्रिया” प्रदान गरेन भने अमेरिका द्रुत कारबाही गर्न तयार छ । बीबीसी








प्रतिक्रिया