काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वको अवस्था एउटा महत्वपूर्ण मोडमा पुगेको र अब युद्धबाट शान्तितर्फको संक्रमणमा रहेको बताएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, सी जिनपिङले द्वन्द्वको अन्त्य “जरुरी” भएको बताएका छन् । युद्धको पुनरावृत्ति अस्वीकार्य छ ।
“मध्यपूर्वमा शान्ति र स्थायित्व कायम राख्न र प्रवर्द्धन गर्न मेरो चार बुँदे प्रस्ताव छ । यसले अन्तर्राष्ट्रिय सहमतिलाई बलियो बनाउनेछ, तनाव कम गर्नेछ, द्वन्द्व कम गर्नेछ र शान्तिलाई प्रवर्द्धन गर्नेछ,” चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सी जिनपिङले भने ।
सी जिनपिङको यो चार बुँदे प्रस्ताव गत महिना अबुधाबीका युवराजसँगको भेटमा आएको थियो । यसले शान्तिपूर्ण सहअस्तित्व, राष्ट्रिय सार्वभौमसत्ता, अन्तर्राष्ट्रिय कानूनको सम्मान र विकास र सुरक्षा बीचको समन्वित दृष्टिकोणमा जोड दिन्छ । बीबीसी








प्रतिक्रिया