काठमाडौं। केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको सफल शल्यक्रिया सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। अस्पताल प्रशासनका अनुसार सबै आवश्यक परीक्षणपछि शल्यक्रिया गरिएको हो।
अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी फेला परेको थियो, जसका आधारमा चिकित्सक टोलीले शल्यक्रिया गर्ने निर्णय गरेको हो।
सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था निगरानीमा राखिएको छ।








प्रतिक्रिया