Logo

Breaking News 1

सर्लाहीमा अवैध काठसहित ट्याक्टर पक्राउ, १० लाख बढीको सामान बरामद



सर्लाही । सर्लाहीमा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहित एक ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको विष्णु गाउँपालिका–२ नदियापकडीस्थित बिओपी बाराबाट स.प्र.ना.नि. टक बहादुर थापाको कमान्डमा खटिएको पाँच जनाको टोलीले मंगलबार राति ८ बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार ज १ त २९४९ नम्बरको ट्याक्टरमा गोडैतबाट फुल परासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ नियन्त्रणमा लिइएको हो । बरामद काठको मूल्य ६८ हजार ३३० रुपैयाँ रहेको छ भने ट्याक्टरको मूल्य १० लाख रुपैयाँ आँकलन गरिएको छ ।

बरामद काठ र ट्याक्टरसहित कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय लाल बन्दी सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ७ : ४९ बजे