काठमाडौं । स्वामी आनन्द अरुणले नयाँ सरकार आएसँगै अब नेपाल १० वर्षमा सिंगापुर बन्ने आशा जागेको बताएका छन् ।
लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विगतको हरेक काममा ढिलाईहुने न्यायको लागि पैसा खर्चनुपर्ने जस्ता समस्याको स्मरण गर्दै समयले कोल्टे फेरेको बताए ।
उनले भने,‘हाम्रो हिन्दु संस्कार जुन छ । यसमा सन्यासी र जोगीको एउटा प्रतिष्ठा थियो । यो अहिलेको समयमा चारैतिर एउटा नयाँ जागरण र जागृतिको लहर आएको छ । हाम्रो नेपालमा एउटा बढो निराशाको वातावरण थियो । हरेक काम ढिलो हुन्छ । पैसा नदिइकन न्यायको कुनै काम नै गर्न सकिँदैन् । त्यसको एउटा निराशाको वातावण थियो । तर अहिले समयले एउटा कोल्टे फेरेको छ । तीन करोड जनताको मनमा एउटा आशा जागेको छ । अब नेपालपनि १० वर्षमा सिंगापुर बन्छ भन्ने आशा जागेको छ ।’
त्यस्तै उनले त्यस्तै उनले पानी समेत मलेसियबाट किन्ने सिंगापुरको विकासक्रमको उदाहरण दिँदै देश बनाउन समय नलाग्ने धारणा राखे । वामी अरुणले नेपाल आफैमा सम्पन्न राष्ट्र भएको भन्दै नेपाललाई गरिब राख्नलाई राजनीतिले धेरै कसरत गरेको आरोप लगाए ।
उनले भने,‘विगतमा धेरै क्रान्ति भए । अब केही होला कि भन्यो केही भएन । भ्रष्टाचार बढिरह्यो । निराशाहरु बढ्दै गए । तर अहिले जुन परिवर्तन भएको यसले आशा जगाएको छ । मुहार फेरिन्छ भन्ने लागेको छ । देश बनाउन समय लाग्दैन् । सिंगारपुरमा केही थिएन । पानी समेत मलेसियबाट किन्नुपथ्र्यो । त्यो देश विकास होला भनेर कसैले सोचेको थिए । तर २०–२५ वर्षमा नै युरोप जस्तो बन्यो । नेपाललाई त परमात्माले सबै दिएको छ । नेपाललाई गरिब राख्नलाई राजनीतिले धेरै कसरत गर्नुपरेको छ । नत्र नेपाल त आफै सम्पन्न राष्ट्र हो ।’
त्यसैगरी उनले ४० लाख जनसंख्या भएको दुबैमा पर्यटन प्रत्येक वर्ष २ करोड आउने गरेको , ३ करोड ४० लाख जनसंख्या भएको मलेसियाले २०२६ मा ४ करोड ७० लाख पर्यटकको अपेक्षा राखेको जानकारी गराउँदै धेरै आकर्षक ठाउँ हुँदाहुँदै नेपालमा ११–१२ लाख पर्यटक मात्र आउनु दुर्भाग्य रहेको गुनासो गरे । उनले नेपाललाई योग र ध्यानको राजधानी बनाइ दुनियाभरी प्रचार गर्न प्रस्ताव गरे ।









प्रतिक्रिया