काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख पदमा चयन गरिनु उपयुक्त हुने बताएका हुन् ।
उनले भने, ‘आज मधेसकी छोरी रुवी कुमारी ठाकुरलाई पार्टीको तर्फबाट उपसभामुखमा हामीले समर्थन गरेका छौं । उपसभामुख पद संसदको गरिमा, निष्पक्षता र समावेशिता संवैधानिक मर्यादाको प्रतिक हो ।’
उनले उपसभामुख पद संसदको गरिमा, निष्पक्षता र समावेशिताको संवैधानिक प्रतीक भएको उल्लेख गरे । संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने, सत्ता र विपक्षबीच मर्यादित संवाद सुनिश्चित गर्ने तथा लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले बताए ।
चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी उपसभामुख पदको संवैधानिक हैसियत, संस्थागत भूमिका र निष्पक्ष कार्यसम्पादनको पक्षमा दृढतापूर्वक उभिएको पनि स्पष्ट पारे ।
उनले भने, ‘संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने,विपक्ष र सत्ता पक्षबीच मर्यादित संवाद सुशुचित गर्ने र हाम्रो लोकतान्त्रिक अभ्यासलाई सन्तुलित र व्यवस्थित बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदको संवैधानिक हैसियत, संस्थागत भूमिका र निष्पक्ष कार्यसम्पादनको अधिकारको पक्षमा दृढतापूर्वक उभिएका छौं ।’
२७ चैत्र २०८२, शुक्रबार
46
Shares







प्रतिक्रिया