Logo

मनोरञ्जन

डा.रमिल अधिकारीलाई उत्कृष्ट गीतकारको अवार्ड



काठमाडौँ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सगरमाथा म्यूजिक अवार्ड हात पारेका छन् ।
गीतकार अधिकारीको वाचा गरौँ बोलको गीतले बुधबार नाचघरमा सम्पन्न सातौँ सगरमाथा म्यूजिक अवार्डको उत्कृष्ट गीतकारको अवार्ड हात पारेका हुन् ।
यसअघि म्यूजिक खबर अवार्ड र राष्ट्रिय राप्ती म्यूजिक अवार्ड बिजेता डाक्टर अधिकारीको तेस्रो राष्ट्रिय स्तरको अवार्ड हो ।
‘वाचा गरौँ’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतमा ज्ञानेन्द्र गिरीले सङ्गीत भरेका छन् ।
डा.अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन् ।
हाल न्यूजल्याण्डमा रहँदै आएका गीतकार अधिकारीका गीतलाई दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ४ : ३५ बजे