Logo

समाचार

१३ दिन गैरकानुनी नियन्त्रणमा राखिएको ओलीको आरोप



काठमाडौं । केपी शर्मा ओलीले आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाइएको दाबी गरेका हुन्। उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन्।
ओलीले आफ्नो रिहाइको माग गर्दै सडकमा उत्रिएका समर्थकमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने र राज्य उदासीन भए पार्टीले खर्च बेहोर्ने बताएका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी समेत उनले दिएका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १ : ४३ बजे