Logo

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ११ : ४५ बजे