Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ।

बृष राशि
आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

मिथुन राशि
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

कर्कट राशि
अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ।

सिंह राशि
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।

कन्या राशि
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला।

तुला राशि
आफन्त र साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला।

बृश्चिक राशि
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश तक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ।

धनु राशि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

मकर राशि
पारिवारिक असमझदारीले कुनै काम रोकिन सक्छ। तापनि पुरानो समस्या सुल्झानाले नयाँ अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ राशि
सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

मीन राशि
स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : २६ बजे