Logo

अर्थ

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित


२० चैत्र २०८२, शुक्रबार  

0
Shares

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा उनले ९३२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ४०३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। यससँगै प्रकाशकुमार श्रेष्ठ ५९९ मतान्तरले विजयी भएका हुन्।
निर्वाचनमा कुल १६९८ मतदाता रहेकामा १३६२ मत खसेको थियो। त्यसमध्ये २७ मत बदर भएको निर्वाचन परिणाममा उल्लेख छ। अध्यक्ष बाहेक अन्य सबै १४ पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ०२ बजे