काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिर परिसरमा शुक्रबार मनमैजु अजिमा जात्रा मनाईको छ । परम्परागत बाजागाजा, धूप–दीप र भक्तजनको भीडबीच मनमैजु अजिमा जात्रा सुरु भएको हो।
जात्राका क्रममा स्थानीयले अजिमा देवताको पूजा–आराधना गर्दै नगर परिक्रमा गरेका थिए। हरेक वर्ष मनाइने यो जात्रा पाँच दिनसम्म विभिन्न धार्मिक अनुष्ठान, भजन–कीर्तन र सांस्कृतिक कार्यक्रमसहित मनाइन्छ ।














प्रतिक्रिया