Logo

Breaking News 1

बादलको अभिव्यक्तिप्रति पाण्डेको आपत्ति : दोष खोज्नु भन्दा सरकारको अकर्मण्यता स्वीकार्नुपर्छ


२० चैत्र २०८२, शुक्रबार  

161
Shares

काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत संसदमा बादलले दिएको अभिव्यक्तिप्रति आलोचना गरेका हुन् ।

उनले लेखेका छन्, ‘हिजो संसदमा लामा कथाहरू सुनिए, जसमा दोष सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै अरूलाई दिइएको थियो। पाण्डेका अनुसार, यसरी दोष अरूमा मात्र हाल्ने प्रवृत्ति गलत हो र यसमा सरकारको अकर्मण्यता पनि जिम्मेवार रहेको स्पष्ट गर्नुपर्छ।’

उनले राजनीतिमा कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतिर धकेल्ने काम नगर्न पनि आह्वान गरेका छन्।
पाण्डेले लेखेका छन्, ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं। २३÷२४ छानबिन हुनुपर्छ – तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’

उनले राष्ट्रवादी राजनीति निकै पुरानो भएको भन्दै नेपालको आर्थिक सुधारको लाइन नै साँचो राष्ट्रवादी रहेको बताए ।
‘अब यो ‘घेराबन्दी’मा प¥यौं भन्ने ‘राष्ट्रवादी’ राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : ०१ बजे