काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।
१९ चैत्र २०८२, बिहिबार
253
Shares









प्रतिक्रिया