Logo

Breaking News 1

एमाले संसदीय दलको बैठक आज बस्दै



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना छ ।

फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना सांसद रहेका छन् ।

बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : ३७ बजे