काठमाडौं । नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए । उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेका हुन् ।
गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् । गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए ।
उक्त घटनाले आफू निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए । गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया