बाजुरा । बाजुरामा भारी वर्षा र असीना पानी परेको छ । आज दिउँसो पौने तीन बजेतिर जिल्लाका ९ वटै स्थानीय तहमा भारी वर्षा र असिना पानी परेको हो।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पु¥याएपछि किसान चिन्तित बनेका छन्।
असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ का स्थानीय रामचन्द्र उपाध्यायले बताए ।गहुँ र जौ बाली असिनाले सखाप पारेको छ। स–साना खोलानालाहरुमा बाढि समेत आएको हो।
बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको छ। असिना पानीले गहुँबालीका साथै फलफूलका बिरुवाहरुलाई समेत असर पुर्याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
१३ चैत्र २०८२, शुक्रबार
69
Shares









प्रतिक्रिया