Logo

कर्पोरेट

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड नवौं वर्षमा प्रवेश, रक्तदान र सामाजिक कार्यक्रम आयोजना



काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। कम्पनीले प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।

यसै अवसरमा काठमाडौँको शान्तिनगरस्थित निसहाय सेवा सदन मा वृद्धवृद्धाका लागि आहार वितरण लगायतका सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सम्पर्क प्रणाली सुदृढीकरणमार्फत आफूलाई विश्वसनीय जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्ने प्रयास जारी रहेको छ।

हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा दिँदै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताइएको छ। कम्पनीमा २२ हजारभन्दा बढी अभिकर्ता कार्यरत छन्।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १२ : ४२ बजे