काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम, ५६ हजार नेपाली रुपैयाँ र २ हजार ८०० भारतीय रुपैयाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनुषा, धनुषा धाम नगरपालिका-९ घर भएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारत सितामणि घर भएका २७ वर्षीय जितु कुमार रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ छिमेकीलाईबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्राम र नियन्त्रित लागू औषध ट्राम डोल ७० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोक घर भएका २९ वर्षीय सुनिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया