विराटनगर । इटहरीमा सम्पन्न ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ का झलकहरू ३५ तस्बिरमार्फत प्रस्तुत गरिएको छ ।
इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना गरिएको अवार्ड समारोहमा कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विभिन्न मन्त्री, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहमा कृषि, शिक्षा, स्वास्थ्य, पत्रकारिता, खेलकुद, सूचना प्रविधि, कर्पोरेट लगायत १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने ९ जना व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो ।

तस्बिरहरूमा अवार्ड वितरण, अतिथिहरूको उपस्थिति, साङ्गीतिक प्रस्तुति तथा कार्यक्रमका विभिन्न महत्त्वपूर्ण क्षणहरू समेटिएका छन् ।










प्रतिक्रिया