काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली बजारमा शनिबार पाहाँ चर्हे जात्रा मनाइएकाे छ । नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्व छ। पाहाँ अर्थात् पाहुना र चःह्रे अर्थात् चतुर्दशीबाट बनेको यस चाडमा पाहुनालाई बोलाई भोज खुवाउने परम्परा प्रमुख मानिन्छ। नेवार संस्कृतिमा अरूलाई खुवाएर मात्र आफू खाने चलन भएकाले यस चाडले आतिथ्य सत्कारको भाव झल्काउँछ ।

















प्रतिक्रिया