काठमाडौं । नेपाली कांग्रेसले पार्टी क्रियाशील सदस्य तथा रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवका पिता रामेश्वर राय यादवको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
यादवको आइतबार राति ८० वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यमा पार्टीले स्वर्गीय यादवको योगदानको उच्च कदर गर्दै उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।
स्वर्गीय यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । पार्टी संगठन सुदृढ बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको प्रवर्द्धनमा उनले महत्त्वपूर्ण योगदान पुयाएको कांग्रेसले जनाएको छ ।
साथै पार्टीले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।










प्रतिक्रिया