Logo

समाचार

अदालतको अवहेलनामा एमाले सचिव महेश बस्नेतसँग लिखित जवाफ माग



काठमाडौं । सर्वोच्च अदालत ले अदालतको अवहेलना गरेको आरोपमा दायर मुद्दामा महेश बस्नेत सँग लिखित जवाफ माग्ने आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेल को संयुक्त इजलासले बस्नेतलाई लिखित स्पष्टीकरण पेस गर्न आदेश दिएको हो।
अधिवक्ता लवन न्यौपाने ले बस्नेतले अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दा फागुन २७ गते दर्ता भएको थियो।
बस्नेतले गत माघ ११ गते प्रेस चौतारी नेपाल ले आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालत र न्यायाधीशहरूमाथि टिप्पणी गरेका थिए। कार्यक्रममा उनले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर, डराएर वा लोभ–प्रलोभनमा परेर प्रक्रिया ढिला गर्ने दबाबमा पर्ने’ जस्ता अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्ति अदालतको अवहेलना भएको दाबी गर्दै न्यौपानेले मुद्दा दायर गरेका थिए। अदालतले उक्त मुद्दामा बस्नेतसँग लिखित जवाफ माग्ने आदेश दिएको हो।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : १५ बजे