Logo

समाचार

मोहनप्रसादप्रति श्रद्धाञ्जली दिन ओलीनिवास पुगिन् प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आइतबार भक्तपुरको गुन्डुस्थित पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेकी छन् । ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री कार्की त्यहाँ पुगेकी हुन् ।

प्रधानमन्त्री कार्कीसँग उनका पति दुर्गा सुवेदी पनि साथमै रहेका थिए । उनीहरूले मोहनप्रसादको तस्बिरमा फूल चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ओलीका पिता मोहनप्रसादको गत शुक्रबार (फागुन २९) निधन भएको थियो । सोही दिन काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : २५ बजे