Logo

मुख्य समाचार

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ


३० फाल्गुन २०८२, शनिबार  

0
Shares

एजेन्सी । पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ ।
वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो ।
वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरुले ७५ विभिन्न प्रजातिका २७०,००० ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन् ।
पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।
सांगीतिक कार्यक्रमहरु पनि भइरहेका जसले फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५,००० पर्यटकहरू ल्याउन सहयोग पुगेको छ ।
यता, सांघाईमा एक महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ। पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन् ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ४ : ०१ बजे