Logo

मुख्य समाचार

सर्लाहीमा दश किलो गाँजासहित युवक पक्राउ


३० फाल्गुन २०८२, शनिबार  

69
Shares

मलंगवा । सर्लाहीमा दश किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई बिहीबार राति जिल्लाको लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डबाट गाँजासहित पक्राउ गरिएको हो ।

उक्त स्थानमा उनले चलाएको बा ४७ प ८६६४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको पछाडि सिटमा बाँधेर ल्याइएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १२ : ३८ बजे