Logo

मुख्य समाचार

धनुषा–१ मा रास्वपा उम्मेदवार साहको रिट अर्को इजलासमा पेसी तोक्ने आदेश


२९ फाल्गुन २०८२, शुक्रबार  

138
Shares

काठमाडौं। धनुषा–१ क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अर्को इजलासमा पेसी तोक्न आदेश दिएको छ।
शुक्रबार (फागुन २९) न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पेसी तोक्ने निर्णय गरेको हो। यसअघि साहले दायर गरेको अर्को रिटमा बिहीबार (फागुन २८) अन्तरिम आदेश सुनुवाइ गर्दा न्यायाधीश सुवेदी संलग्न भएकाले अर्को इजलासमा पेसी तोक्न आदेश दिइएको हो।
साहको उम्मेदवारी निर्वाचन आयोगले योग्यता नपुगेको र कालोसूचीमा परेको कारण रद्द गरेको थियो। आयोगले उनका प्रतिस्पर्धी मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिसकेको छ।
धनुषा–१ मा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’मा पनि उल्लेख्य मत परेको भए पनि आयोगले मत गणना पछि मात्रिका यादवलाई निर्वाचित घोषणा गरेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : २८ बजे